लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2025 | 03:53:49 PM मा प्रकाशित

laxmi sunrise bank

लुम्बिनी विकास बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा मिति २०८१ साल पौष २९ गते सोमबार सम्पन्न गरेको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरिएको छ। 

साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र ४.०० प्रतिशत नगद लाभांश तथा ३.०० प्रतिशत बोनस शेयर सहित कुल ७.०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरिएको छ।

सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले गरेका थिए। सभामा उपस्थित शेयरधनीहरूले राखेका जिज्ञासाहरूमाथि अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले प्रष्टिकरण दिएका छन्।

लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा शाखाहरू विस्तार गर्दै कारोबार गरिरहेको छ। हालसम्म बैंकले ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत उच्चस्तरीय र सुरक्षित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

“निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले आधुनिक प्रविधि र नविनतम सेवा प्रदान गर्दै ग्राहकहरूको विश्वास आर्जन गर्न सफल भएको छ। सभाले बैंकको स्थायित्व र विकासमा शेयरधनी तथा सरोकारवालाहरूको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ। 

लुम्बिनी विकास बैंकले आगामी दिनहरूमा थप सुदृढ सेवा र आर्थिक वृद्धि हासिल गर्ने प्रतिवद्धता जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved