इन्फिनिटी लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न, मर्जर तथा प्राप्तिको बाटो खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2025 | 10:22:54 AM मा प्रकाशित

laxmi sunrise bank

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा  गैंडाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले सहभागी अतिथि, सञ्चालक र सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गरे।

साधारण सभा संस्थाका कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको सञ्चालनमा सम्पन्न भएको थियो। सभामा आर्थिक वर्ष २०८०/८१ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिशनसम्बन्धी प्रस्तावहरु र आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसम्बन्धी प्रस्तावहरु पारित गरिएको छ।

उक्त अवसरमा संस्थाले आगामी दिनमा आफ्नो सेवा प्रभावकारिता र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गरेको छ। साधारण सभाले संस्थागत प्रगतिको मूल्यांकन गर्दै भविष्यका योजना र कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै निर्णयहरु गरेको छ।

इन्फिनिटी लघुवित्तले आर्थिक समृद्धिका लागि ग्रामीण क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक सशक्तिकरणमा योगदान पु¥याइरहेको छ। सभामा संस्थाका विभिन्न तहका सञ्चालक, शेयरधनी र अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved