
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश पारित गर्न २५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा माघ २८ गते सोमबार वीरगन्जस्थित होटल भिष्वा, पर्सा वीरगन्जमा बिहान ९ बजे बोलाएको हो।
सभामा कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद (करसहित) लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । साथै बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पुँजीलाई वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण छलफल गरी पारित गर्नेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।
सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका पेश हुनेछन्।
लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसैले माघ ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन्।