लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2025 | 10:00:04 AM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।इन्स्योरेन्सले फागुन ११ गते आइतबार अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिसपुतली काठमाडौँमा बिहान साढे १० बजे १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। 

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश शेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले माघ २५ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved