
समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले फागुन ११ गते मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजे बोलाएको हो ।
सभामा संस्थाले ५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिने छ ।
साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।