लाभांश प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2025 | 09:42:08 AM मा प्रकाशित

laxmi sunrise bank

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले सभा फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा बिहान ११ बजे २० औँ वार्षिक साधारण सभा बोलाएको हो। 

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved