
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३८ औं साधारण सभा बोलाएको छ । सभा फागुन १५ गते काठमाडौंको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान १० बजे बोलाएको हो ।
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत असारमा समाप्त भएको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने छ ।
बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आव २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि साधरण सभाले पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका एजेण्डा रहेका छन् । सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव छैन ।
साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि साधारण सभासम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।