लाभांश र हकप्रद प्रस्ताव पारित गर्न सानिमा जीआईसीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2025 | 10:18:01 AM मा प्रकाशित

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आगामी चैत २१ गते साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिले फागुन २६ गतेको बैठकमा सभा गर्ने निर्णय गरेको हो। सभा चैत २१ गते बिहान ११ बजे अमृतभोग, कालिकास्थान, काठमाडौंमा बस्नेछ।

साधारणसभामा ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिने छ। यससँगै, कम्पनीले २५ प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित गरेको थियो, जुन संशोधन गरि अब १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ। हकप्रद जारीपछि कम्पनीको जारी र चुक्ता पुँजीमा वृद्धि हुने भएकोले, यसका आधारमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन पनि प्रस्ताव गरिएको छ।

त्यस्तै, कम्पनीले सञ्चालक समितिको बैठक भत्ताको संशोधन, गत आवका सबै वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि प्रस्तुत गर्ने भएको छ।

कम्पनीले सभा प्रयोजनका लागि चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका अनुसार, चैत ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम  शेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् र साधारणसभामा सहभागी हुन सक्नेछन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved