राधी विद्युतको स्थगित साधारणसभा पुनः आह्वान, अब कहिले बस्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2025 | 10:14:44 AM मा प्रकाशित

राधी विद्युत् कम्पनी लिमिटेडले स्थगित साधारणसभा पुनः बोलाएको छ । यसअघि कम्पनीले चैत ३ गते विशेष साधारणसभा बोलाएको थियो । तर गणपूरक संख्या नपुगेपछि स्थगति भएको थियो । 

स्थगित सभा अब चैत ११ गते हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललिलतपुरमा बिहान ८ बजे बस्नेछ । 

सभाले हकप्रद शेयर निष्काशनपछि कायम हुने चुक्ता पुँजीबराबर हुने गरी जारी पुँजी संशोधन गर्ने, सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी सभाले २ जना सञ्चालकको नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन पनि गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले गत फागुन २५ गते बुक क्लोज गरिसकेको छ । फागुन २२ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउँनेछन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved