कौडीको भाउमा उखु बेच्न बाध्य किसान

राकेश यादव

राकेश यादव

Dec 09, 2019 | 02:13:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटका उखु किसानहरु कौडीको मूल्यमा उखु बेच्न बाध्य भएका छन् । रौतहटका  चिनी उद्योग सञ्चालनमा नआएपछि किसानहरु  खाँडसारी उद्योगहरुलाई कौडीको मूल्यमा उखु बेच्न बाध्य भएका हुन् । अहिले जिल्लामा सञ्चालित करिब दुई दर्जन खाँडसारी उद्योगले अत्यन्त न्यून मूल्यमा उखु खरिद गरिरहेका छन् ।

रौतहटका कटहरीया नगरपालीका  गढीमाई नगरपालिका–४ सुन्दरपुर लगायतका जिल्लामा सञ्चालित खाँडसारी उद्योगीहरुले प्रतिक्विन्टल दुई सय ५० देखि तीन सय रुपैयाँसम्ममा उखु किनिरहेका छन् । खुँटी उखु बेचेर खेत खाली भएपछि त्यसमा रबि बाली लगाउन पर्ने भएकाले किसान कौडीको मूल्यमा उखु बेच्न बाध्य भएका हुन ।

सख्खरबाट केही परिकार बनाइने भएकाले अहिले सख्खरको मूल्य प्रतिक्विन्टल पाँच हजार रुपैयाँका दरले बिक्री भइरहेको छ। १० क्विन्टल उखुमा एक क्विन्टल सख्खर तयार हुने गरे पनि सख्खरको मूल्यको तुलनामा उखुको मूल्य कौडी बराबर भएको रौतहटका किसानहरुको गुनासो रहेको छ । उखु बेच्नु किसानको बाध्यता भएकाले खाँडसारी उद्योगीले अत्यन्त न्यून मूल्यमा उखु किनिरहेका छन् ।

जिल्लास्थित श्रीराम सुगर मिल्स र बाबा बैजुनाथ सुगर मिल्स समयमा सञ्चालन हुन नसकेका कारण किसान सस्तोमा उखु बेच्न बाध्य भएको उखु किसान संघ रौतहटका अध्यिक्ष असोक यादवले याादवले बताए । किसानले खुटी उखु निजी सख्खर उद्योगमा बेचेर गहुँ, दलहन, तेलहनलगायत बाली लगाउने तयारी गरेको यमुना माई गाउपालीका नपा–४ सरुअठाका अगुवा किसान सिकेन्द्र यादवले बताए । यादवले चार बिघा खुटी उखु खाँडसारी उद्योगमा बेचिसकेका छन् ।

गरुडामा रहेको चिनी मिललाई गत वर्ष नै बिक्री गरेको उखुको मूल्य नपाएका कारण उखु सस्तोमा बेचिरहेको कटहरीया नापाका अगुवा किसान सयाम यादवले बताए । उनले ऋण लिएर छोराको उच्च शिक्षा पढ्नका लागी पठएको तर उखुको भुक्तानी नपाएकाले निजी सख्खर उद्योगमा दुई बिघाको खुटी उखु बेचिसकेको बताए ।

 उखु बेचेर खेत खाली भएपछि त्यसमा नयाँ बाली लगाएर किसानले उखुबाट भएको नोक्सानी कम गर्ने मनसाय बनाएका छन् । गत वर्ष चिनी उद्योगलाई बेचेको उखुको मूल्य अहिलेसम्म नपाएकाले किसानले क्रसर उद्योगलाई सस्तोमा बेचेर पनि पैसा निकाल्न सजिलो भएकाले सस्तो मूल्यमा बेच्न बाध्य छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved