कोरोना बिर्सेर मलको लागि लाइन, किसानको पिडा किन दुख्दैन कृषि मन्त्रीज्यु ?

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Aug 28, 2020 | 12:52:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार दिउँसोदेखि सामाजिक सञ्जालमा एउटा फोटोको निकै चर्चा भयो । फोटोमा  मानिसहरु हातमा झोला बोकेर लाइनमा बसेका देखिन्छ । उनीहरु कुनै पर्व वा जात्रा हेर्न लाइन बसेका होइनन् । उनीहरु नेपाल सरकारले किसानलाई अनुदानमा वितरण गर्ने रासायनिक मल लिन लाइन बसेका हुन् । 

यो फोटो कृषिको लागि उर्बर भुमि मानिने तराई क्षेत्रको हो । फोटोमा देखिएका मानिसहरु मोरङ, झापा लगायतका जिल्लाका किसानहरु हुन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि भएपछि प्राय जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । तर कोरोना संक्रमणलाई वेवास्ता गर्दै किसानहरु लामो लाइनमा मल लिन बस्दा समेत कृषि मन्त्री घनश्याम भुषालले कुनै चासो देखाएका छैनन् । समयमा नै मल आयात नगर्ने कम्पनीलाई कानुनी दायरामा ल्याउन उनले कुनो चासो दिएका छैनन्। बिहीबार मल लिन किसान लाइनमा बस्दा मन्त्री भुषाल पार्टीको आन्तरिक विवाद मिलाउनसिंहदरबार मै व्यस्त भएका छन् ।

मन्त्री भुषाल किसानले धेरै आशा गरेका मन्त्री हुन् तर अहिले भुषालमाथि किसानका लागि केही गर्न नसकेको आरोप लागेको छ । धान रोप्ने बेलामा हाल्नुपर्ने रासायनिक मल गोड्ने बेलामा समेत नपाउदा किसानहरु मलका लागि घन्टौँ लाइन बसेका छन्। घन्टौँ लाइनमा बस्दा समेत मल नपाएको भन्दै उनीहरु आन्दोलित समेत बनेका छन् । तर मन्त्री भुषालले यसबारे केहि बोलेका छैनन् । 

साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने मल मध्येमा गत सोमबार विराटनगर भन्सारबाट ११ सय मेट्रिक टन मल भित्रिएको थियो ।  कर्पाेरेशनले ५० बोराका दरले सहकारी पसलहरुलाई मल वितरण गरेको जनाएको छ । कर्पोरेशनले एक सहकारीलाई ५० बोराका दरले मल वितरण गरेको जनाएको छ । सहकारीले लगेको मलमा किसानको लामो लाइन हुने गरेको छ । निश्चित मात्रामा मल पाएका सहकारीले वितरण गर्दा किसानको लामो लाइन हुने गरेको छ । 

विराटनगर भन्सारबाट भित्रिएको मल प्रदेश १ र २ का जिल्लामा वितरण गर्ने मल मध्येमा विराटनगरमा मात्र ६६० टन मल वितरण गरिएको छ । कर्पोरेशनका सूचना अधिकारी कुमार राजभण्डारी सुरुवाती चरणमा थोरै मल आउदाँ किसानले नपाएको हुन सक्ने बताउँछन् । ‘मल आउन सुरु भैसक्यो, किसानको माग अनुसार सबै स्थानमा हामी वितरण गछौँ, अबको दुई सातामा सबै मल भित्रिसक्छ ।' उनले भने, 'हामीले सबै सहकारीलाई ५० बोराका दरले मल वितरण गरेका हौँ, नाम टिपाएर व्यवस्थित रुपमा लाइनमा राखेर मल वितरण गरिएको छ ।’ 

उनका अुनसार आज विरगन्ज भन्सारमा २५ सय टन मल आइसकेको छ । भन्सार पास हुदासाथ पश्चिमका जिल्लाहरुमा वितरणका लागि पठाउछौँ । बुधबार विरगन्ज नाका हुँदै २५ सय टन मल नेपाल भित्रिसकेको छ । विरगन्जबाट आएको मल कृषि मन्त्रालयको समन्वयमा पश्चिमका १९ जिल्लामा वितरण गरिने कर्पाेरेशनले जनाएको छ । 

मल आयाताका लागि अनुमति पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले समयमा मल नल्याउदा किसानले दुख पाएका हुन् । मल आयात मध्येमा ३० प्रतिशतको जिम्मा पाएको कर्पाेरेशनले ३८ सय मेट्रिक टन मल नेपाल भित्रिएको छ । नेपालमा वार्षिक ६ लाख टन मल आवश्यक पर्छ । तर कम मल आएको र ढिलो आएको कारण मल लिनको लागि लाइन देखिएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved