भारतबाट रासायनिक मल खरिदको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 01:20:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भारतबाट जीटूजी (सरकार–सरकार) मार्फत रासायनिक मल खरिद गर्नेबारे छलफल भएको छ । बुधबार मल खरिदबारे दुई देशका अधिकारीहरु बिच भर्चुअल माध्यमबाट छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

पेट्रोलियम पदार्थको मोडालिटीमा भारतबाट रासायनिक मल खरिद गर्न गतवर्ष नेपालले भारतसमक्ष औपचारिक प्रस्ताव राखेको थियो । राजनीतिक कारणले नेपालले राखेको प्रस्तावमा दुई देशबीचको सम्बन्ध चिसिएपछि रासायनिक मलको विषयमा छलफल हुन सकेको थिएनन् । 

गत वर्ष रोकिएको बैठक यसवर्ष पुनः सुरु भएको हो । बैठकमा नेपालले रासायनिक मल खरिदबारे गत वर्षको प्रस्तावबारे भारतीय पक्षलाई जानकारी गराउँदै थप प्रक्रियाको विषयमा भारतीय पक्षको धारणा मागिएको मन्त्रालयले जनाएको छ । 

नेपालको जवाफमा भारतीय पक्षले सकारात्मक रुपमा लिएको मन्त्रालयका सहसचिव डा. कन्चन पाण्डेले जानकारी दिए । नेपाली टोलीको नेतृत्व गरेका मन्त्रालयका सहसचिव पाण्डेका अनुसार दुवै देशले स्पष्ट मोडालिटीसहित पुनः सम्वादमा बस्ने गरेर बैठक सकिएको थियो । तर अर्काे बैठकको मिति तोकिएको छैन । 

वार्तामा भारतको तर्फबाट उर्वरक तथा रसायन मन्त्रालयका सहसचिव धरम पाल सहभागी थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved