उखुको पैसा लिन काठमाडौँ आएका किसानको हृदयघातबाट मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 12:59:51 PM मा प्रकाशित

laxmi  sunrise bank

विगत पाँच वर्षदेखि चिनी मिलले उखुको बक्यौता रकम नदिएको भन्दै आन्दोलन गर्न काठमाडौँ आएका सर्लाहीका एक किसानको मृत्यु भएको छ । गत मंसिर २८ गतेदेखि आन्दोलनमा सहभागी सर्लाही रामनगरका किसान नारायणभगत यादवको मंगलबार बिहान हृदयघातका कारण मृत्यु भएको हो । 

आन्दोलनरहत उखु किसानहरुको संरक्षण राकेश मिश्रका अनुसार मंगलबार बिहान उपचारका क्रममा यादवको मृत्यु भएको हो । बिहान अचानक छाती दुख्यो भन्दै ट्वाइलेट गएका यादव त्यही बेहोस भएपछि सुरुमा हेल्पिङ ह्याण्ड अस्पतालमा लगिएको थियो । 

उक्त अस्पतालले डाक्टरहरुले यादवलाई गंगालाल हृदयघात रोग केन्द्रमा रिफर गरेको थियो । उपचारका क्रममा यादवको मृत्यु गंगालालमा नै भएको राकेश मिश्र बताउँछन् । चिनी मिलले १५ लाख भन्दा बढी रुपैयाँ भुक्तानी दिन बाँकी रहेको र सबै भुक्तानी नगर्दासम्म आन्दोलन गर्ने बताउँदै आएका उनले सोमबार बेलुका भएको सम्झौताप्रति असन्तुिष्ट व्यक्त गरेका थिए । 

किसानका अगुवाले एकतर्फ रुपमा सम्झौता गरेको भन्दै अन्य किसानहरुले पनि गुनासो गरेका छन् । उनीहरुले यस वर्षको सहमति पनि गत वर्षको जस्तै हुने हो कि भन्दै शंस्का व्यक्त गरेका छन् । 

सोमबार साझ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबिच चार बुदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । २१ दिनभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी भैसक्ने, भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई कारवाही गर्ने र मंगलबारबाट किसानले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगीत गर्नेगरी सहमति भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved