भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 02:38:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपाल लगायतका देशमाथि लगाएको प्याज निर्यातको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्तरगतकाे बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ ।

भारतले आन्तरिक उत्पादन कमी आएको भन्दै गत भदौँ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतको प्रतिबन्ध हटेपछि नेपाली बजारमा बृद्धि भएको प्याजको मूल्यमा कमी आउने व्यवसायीहरु बताउँछन् । 

प्रतिबन्धमा समेत रोकिएन प्याज आयात

भारतले प्याजमा प्रतिबन्ध लगाएपनि नेपालमा प्रशस्त मात्रामा प्याज आयात भएको पाइएको छ । कालमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्यांक अुनसार असोज महिनामा मात्र ७ सय ७६ मेट्रिक टन प्याज आयात भएको थियो । भदौँ अन्तिम साता प्रतिबन्ध लगाएपनि असोजमा उल्लेख मात्रामा प्याज भित्रिएको हो । 

यसैगरी गत कात्तिकमा एक हजार २९८ टन र मंसिरमा सबैभन्दा धेरै एक हजार ६९० टन र पुस १ गतेदेखि १३ गतेसम्म ८ सय ६५ टन प्याज कालीमाटी तरकारी बजारमा भित्रिएको जनाईएको छ । 

भारतले प्रतिबन्ध लगाएको केही दिन आयात नभएपनि पछिल्ला दिनहरुमा विभिन्न नाकाहुँदै पर्याप्त मात्रामा प्याज आयात भैरहेको कालीमाटी तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार भारतले प्रतिबन्ध लगाएपछि केही व्यवसायीहरुले चीनबाट प्याज ल्याएपनि हाल चीनबाट थोरै मात्रामा प्याज आउने गरेको छ । 

हाल नेपालमा खपत हुने प्याज ९० प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेका छ भने बाँकी चीन र नेपालकै उत्पादन प्रयोग हुँदै आएको छ । भारतको निर्यातमा रोक लगाएको निर्णयले नेपालमा पनि प्याजको भाउ अकासिएको थियो । दसैंतिहारजस्ता प्रमुख चाड नजिकिँदै गर्दा भारतले निर्यातमा रोक लगाउँदा प्रतिकिलो १६० सम्म पुगेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved