तारेखमा छुटे लुम्बिनी मिलका सञ्चालक अग्रवाल, उखु किसानलाई ८ करोड दिन बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2021 | 07:47:42 PM मा प्रकाशित

laxmi  sunrise bank

उखु किसानलाई भुक्तानी नदिएको भन्दै बिहीबार पक्राउ परेका लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल तारेखमा छुटेका छन् । मिलका सञ्चालक अग्रवाल बिहीबार वीरगन्जबाट पक्राउ परेसगैँ मिलले भुक्तानी दिन सुरु गरेको थियो ।

उद्योगले भुक्तानी सुरु गरेपछि एक साताको समय दिएर अग्रवालाई तारेखमा छोडिएको हो। मिलले पहिलो चरणमा २ करोड बैंक खातामा जम्मा गरेको उद्योगले दैनिक रूपमा ३० देखि ४० लाख रुपैयाँ किसानहरूलाई इ–सेवामार्फत् भुक्तानी सुरू गरेको छ।

प्रहरी नियन्त्रणमा रहेका अग्रवालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा एक हप्ताभित्र उद्योगको नामसारी लगायत ऋणको लागि सुरू गरिएको बैंकिङ प्रक्रिया पूरा गरेर किसानको सम्पूर्ण बाँकी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएपछि तारेख दिएर छाडिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। 

उनका अनुसार एक हप्ताभित्र प्रक्रिया पूरा गरेर भुक्तानी नगरे अग्रवाललाई कानुन अनुसार कारबाही थालिने छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार उक्त उद्योगले करिब ७ सय बढी किसानको ८ करोड बढी रुपैयाँ भुक्तानी दिन बाँकी छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved