मुक्तिनाथले पनि ल्याएन मल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 11:43:29 AM मा प्रकाशित

laxmi  sunrise bank

रासायनिक मलको ठेक्का पाएको मुक्तिनाथ कृषि सामग्री कम्पनीले सम्झौता अवधि सकिदा समेत मल खरिद गर्न सकेको छैन । २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिदगर्न दुईवटा ठेक्का पाएको उक्त कम्पनीले सम्झौता अवधिमा सकिएको एक महिना पूरा हुँदा समेत मल ल्याएको छैन । 

कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथसँग रासायनिक मल खरिद गर्न गत साउन १८ गते दुबै ठेक्कामा सम्झौता गरेको थियो । सम्झौता गरेको एक सय ७ दिनभित्र तोकिएको परिमाणमा रासायनिक मल खरिद गर्नुपर्नेमा उक्त कम्पनीले अन्तराष्ट्रिय बजारमा नै मल अभाव भएको भन्दै ढिला गर्दै आएको पाइएको छ । 

कोरोनाका कारण अन्तराष्ट्रिय बजारमा रासायनिक मल अभाव हुँदा खरिद गर्न ढिलाइ भएको मुक्तिनाथ कम्पनीका सञ्चालक तुलसीराम ढकाल बताउँछन् । ‘हामी मात्र हैन, अन्य कम्पनीहरु पनि समस्यामा परेका छन्, कोरोनाले गर्दा अन्तराष्ट्रिय बजारमा हाल रासायनिक मलको अभाव भएको छ, हामी जतिसक्दो छिटो मल खरिदको तयारी गरेका छौँ’, उनले भने । मल खरिदका लागि प्रभु बैंकमा एसली खोलीसकेको र ६ तारिखभित्र सिपमा मल ढुवानीको तयारी भएको उनी बताउँछन् ।

यता कृषि सामग्री कम्पनीका अधिकारीहरु भने मल खरिद हुँदै छ भन्ने जानकारी पहिला बाट नै आएपनि खरिद भैसकेको जानकारी नआएको बताउँछन् । कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी मुक्तिनाथले पठाएको पत्रका आधारमा अध्ययन भएको भन्दै केही दिनभित्र खरिदको प्रमाण नआए कारवाही हुने बताउँछन् । 

मुक्तिनाथ कृषि कम्पनीले युरिया मल प्रति मेट्रिक टन ३१७ दशमलव १७ अमेरिकी डलर र डिएपी प्रति मेट्रिक टन ३९८ दशमलव ७९ अमेरिकी डलरमा आपूर्ति गर्नेगरी सम्झौता गरेको थियो । उक्त कम्पनीलै रसिया र साउदीबाट मल खरिदको तयारी भएको जनाएको छ । 

मुक्तिनाथ कृषि कम्पनी मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved