भारतमा बर्ड फ्लू देखिएपछि कुखुरा आयात बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 10:51:13 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा बर्ड फ्लू संक्रमण पुष्टि भएसगैँ नेपालमा कुखुरा आयातमा बन्द गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा बर्ड फ्लू भित्रने सम्भावना भएको भन्दै नेपाल–भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । 

मन्त्रालयले उच्च सर्तकता अपनाउन बुधबार सात वटा नाकामा रहेका क्वरेन्टाइन कार्यालयहरुलाई निर्देशन दिएको हो । नेपाललाई भारतको हिमान्चल प्रदेशबाट खतरा भएको भन्दै सीमा क्षेत्रबाट कुखरा जन्य वस्तुको आयातमा रोक लगाउन निर्देशन दिर्ईएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए । 

यसैगरी भारतसँग खुला सीमा नाका भएका कारण जोखिम रहने भन्दै सम्बन्धीत जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई उक्त जिम्मा दिईएको उनी बताउँछन् । उनका अनुसार सीमा नाकाभन्दा बाहिरबाट भित्रने कुखुराजन्य प्रजातीको निगरानी, भित्रिएकाको नष्ट र कारवाहीको जिम्मा बर्ड फ्लू नियन्त्रण आदेशका अधिकमत प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको हो । 

उनका अनुसार दक्षिणतर्फका नाका काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली तथा गड्डाचौकी नाकामा उच्च सर्तकता अपनाउन, आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधनको प्रयोग गर्न र आवश्यक परे थप जनशक्ति माग गर्न विशेष निर्देशन दिईएको हो । 

यसैगरी मन्त्रालयले व्यवसायीहरुलाई समेत भारतबाट कुखुरा जन्य प्रजातीहरु आयात केही समयका लागि बन्द गर्न र उच्च शर्तकर्ता अपनाउन आग्रह गरेको छ । 

कृषि मन्त्रालय अन्तरगत देशभर १६ वटा पशु क्वारेन्टाइन कार्यालयहरु छन् । देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शंकास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ ।

भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्ड फ्लू पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

हिमान्चल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट ल्याईएका दुई हजार चारसय खोया हाँसहरू मरेको बीबीसी हिन्दीले जनाएको छ । केरलामा १२ हजार हाँसहरू मरेको र मध्य प्रदेशमा १० दिनमा सयौँ कागहरु मृत अवस्थामा भेटिएको र बकुल्ला र सुगाहरू समेत मरेको पाइएको बीबीसीले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved