लामो आन्दोलनपछि घर फर्किएका उखु किसानले अझै पाएनन् भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 03:21:10 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनी मिल सञ्चालकले उखु किसानलाई बक्यौता रकम भुक्तानीमा ढिलाइ गरेका छन् । लामो समयसम्म रकम भुक्तानी नगरेको भन्दै आन्दोलनमा सहभागी भएका उखु किसानसँग सरकारले गत पुस १३ गते २१ दिनभित्र सबै रकम भुक्तानी गर्नेगरी सहमति गरेको थियो । 

तर सहमति भएको दश दिन बितिसक्दा समेत भुक्तानी नपाएको किसानहरुले बताएका हुन् । आन्दोलनका कार्यक्रम स्थगित गरेर जिल्ला फर्किएसगैँ बक्यौता रकम भुक्तानी समेत रोकिएको उनीहरु बताउँछन् । 

‘२१ दिनभित्र सबै बक्यौता रकम भुक्तानीको सहमति गरेर हामी जिल्ला फर्कियौँ, जिल्ला फर्किएसगैँ भुक्तानी दिदैआएका चिनी मिलले भुक्तानी नै रोके, दश दिन भयो थप भुक्तानी भएको खबर आएको छैन’, उखु किसान संघर्ष समितिका सलार्हीका संरक्षक राकेश मिश्रले भने, ‘सरकारले चिनी मिल सञ्चालको बैंक खाता खुला छ भन्छन्, उद्योगी सरकारले खाता रोक्का हुँदा भुक्तानी गर्न सकिएन भन्छन, हामी किसानको रकम भुक्तानी गर्न फेरी दुबै पक्षले आलटाल गरेका छन् ।’

उनले उद्योग मन्त्रालयसँग हालसम्म भुक्तानी भएको रकमको विवरण माग गरेपनि नपाएको गुनासो गरे । अहिले कुन उद्योगले कति रकम भुक्तानी गरे हामीलाइ जानकारी नै आएको छैन, उद्योग मन्त्रालयमा जानकारी माग गर्दा दिदैँनन, चिनी मिलका सञ्चालक खातामा पैसा पठाउने तयारी गरेका छौँ भन्छन्, तर किसानले रकम पाएका छैनन् ।  

हिजो मात्र अन्नपूर्ण चिनी मिलले ३ करोड रकम भुक्तानीका लागि बैंकमा पठाएको जानकारी आएपनि अन्य मिलको बारेमा जानकारी नपाएको उनी बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved