मल नल्याउने शैलुङ र मुक्तिनाथ कृषि कम्पनीको धरौटी जफत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 10:49:17 AM मा प्रकाशित

laxmi  sunrise bank

समयमा रासायनिक मल नल्याएको भन्दै कृषि सामग्री कम्पनीले शैलुङ र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । तोकिएको समयभित्र मल खरिद नगरेपछि सोमबार बसेको कम्पनी सञ्चालक समितिले शारदाप्रसाद अधिकारी सञ्चालक रहेको शैलुङ इन्टरप्राइजेज कम्पनी र मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनी कारवाही गर्ने निर्णय गरेको हो ।

सोमबारको बैंठकले मल खरिदमा दुवै कम्पनीले राखेको धरौटी रकम जफत गरेर कालोसूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका सञ्चालक नेत्रबहादुर भण्डारी बताए । उनका अनुसार २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिदगर्न दुईवटा ठेक्का पाएको उक्त कम्पनीले सम्झौता अबधि गत मंसिरमा सकिए पनि केही समय थप गरिएको थियो ।

‘सम्झौता अबधिपछि हामीले अतिरिक्त ५४ दिन थप गरेका थियौँ, थपिएको समयमा मल खरिदको प्रक्रिया नै सुरु नभएपछि धरौटी रकम जफत गरेर कालोसूचिमा राख्न सिफारिस गरिएको हो’, उनले भने ।

कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथसँग रासायनिक मल खरिद गर्न गत साउन १८ गते दुबै ठेक्कामा सम्झौता गरेको थियो । सम्झौता गरेको एक सय ७ दिनभित्र तोकिएको परिमाणमा रासायनिक मल खरिद गरिसक्नुपर्ने हुन्छ । मुक्तिनाथ कम्पनीले युरिया मल प्रति मेट्रिक टन ३१७ दशमलव १७ अमेरिकी डलर र डिएपी प्रति मेट्रिक टन ३९८ दशमलव ७९ अमेरिकी डलरमा आपूर्ति गर्नेगरी सम्झौता गरेको थियो ।

मुक्तिनाथ कृषि कम्पनीले युरिया मलको ठेक्कामा राखेको ३ लाख ९९ हजार अमेरिकी डलर र डिएपीको ठेक्कामा राखेको ३ लाख ९७ हजार अमेरिकी डलर धरौटी राखेकोमा सोमबारको विदेशी विनिमय दरअनुसार ९ करोड ३१ लाख ३२ हजार रुपैयाँ धरौटी जफत गरिएको हो ।


शैलुङलाई पुनः कारवाही
रासायनिक मल खरिद नगरेको भन्दै यसअघि दुईवटा ठेक्कामा कारवाही गरिएको शैलुङलाई तेस्रो ठेक्कामा समेत कारवाही गरिएको छ । कृषि सामग्री कम्पनीले शैलुङसँग गत साउनमा २५ हजार मेट्रिक टन युरिया पुस पहिलो साता ल्याइसक्ने गरी सम्झौता गरेको थियो । तोकिएको समयमा मल ल्याउने कुनै तयारी नगरेपछि शैलुङलाई तेस्रो ठेक्कामा पनि कारवाही गरिएको हो ।

शैलुङले धरौटीमा राखेको ४ करोड ९२ लाख जफल गरिएको कम्पनीले जनाएको छ । यसअघि नै कालोसूचिमा राखिएको भन्दै पुनः सिफारिस गर्न नपर्ने कम्पनीले जनाएको छ । साउनमा होनीको र शैलुङले २५÷२५ हजार तथा कात्तिकमा शैलुङले ३० हजार र पुसमा २५ हजार मेट्रिकटन युरिया मल आयात गर्ने सम्झौता गरेका थिए । त्यस्तै, मुक्तिनाथले मंसिरमा २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल ल्याउन सम्झौता गरेको थियो ।

विभिन्न तीन कम्पनीले ६ वटा ठेक्का मार्फत एक लाख ५० हजार मेट्रिक टन रासायनिक मल खरिदको जिम्मा पाएका थिए । तर तीनै कम्पनीले जिम्मा अनुसारको एक किलो समेत मल ल्याउन सकेनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved