उखुको बक्यौता रकम तत्काल भुक्तानी गर्न मानवअधिकार आयोगको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 04:18:55 PM मा प्रकाशित

laxmi  sunrise bank

किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग माग गरेको छ । आयोगले आज एक सूचना प्रकाशन गर्दै उखु किसान र सरकारबीच सहमति भएअनुसारको समय सकिएको भन्दै बक्यौता रकम भुक्तानी नगर्ने उद्योगीलाई तत्काल कारवाही गर्न आयोजले माग गरेको हो । 

सरकार र उखु किसान बीच भएको सम्झौता कार्यान्वयनको अवस्थाबारे आयोगले धनुषा, सर्लाही र महोत्तरी जिल्लामा स्थलगत अनुगमन समेत गरेको जनाएको छ ।

लामो समयसम्म चिनी मिलले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै मंसिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन सुरु गरेका थिए । आन्दोलन रत किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सम्झौता भएको थियो । 

उक्त सम्झौता अनुसारको समय सोमबार सकिदापनि हालसम्म तीन चिनी मिलले ८ करोड बढी बक्यौता रकम भुक्तानी गरेका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved