कृषिमा विदेशी लगानी रोक्न किसान र उद्योगीको संयुक्त संघर्ष समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 11:26:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कृषिमा विदेशी लगानी खुला गरेको विरोधमा कृषक र उद्योगीले संयुक्त संघर्ष गर्ने भएका छन् । शनिबार चितवनमा भेला आयोजना गरेर किसान र उद्योगीले संयुक्त रुपमा आन्दोलन गर्न एक समिति गठन गरेको छ । 

विभिन्न १५ वटा समूहको सहभागीता रहेको भेलाले नेपाल अण्डा उत्पादक संघको अध्यक्ष शिवराम केसीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । १७ जना सदस्य रहेको उक्त समितिको सहसंयोजकत्वमा राष्ट्रिय कृषक समूह महासंघका रिता वस्ताकोटी, नेपाल डेरी एसोसिएनका महासचिव प्रल्हाद दाहाल, केन्द्रीय पशुपक्षी पालन सहकारी संघका बाबुराम अधिकारी कोषाध्यक्ष रहेका छन् । 

यसैगरी सदस्यहरुमा डेरी उद्योग संघका राजकुमार दाहाल, कृषि विउ तथा तरकारी समूह नेपालका पूर्णदत्त भुषाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका रत्नमणि न्यौपाने, बाख्रा व्यवसायी महासंघका रुद्रनाथ उपाध्याय, जिल्ला आईपिएम कृषक संघका प्रेम नेपाल, नेपाल डेरी एसोसिएसनका सुमित केडिया लगायत रहेका छन् । 

किसान र उद्याेगीले नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुँदाहुँदै स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषद्को निर्णयबाट कृषि क्षेत्रमा सर्त सहीत डेरी उद्योग, पशुपन्छीपालन, महुरीपालन, माछापालन, फलफूल, तरकारी र कृषिका प्राथमिकता उत्पादनसँग सम्बन्धीत व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी खुलागरी राजपत्रमा प्रकाशित सूचनाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved