कहिले आउँछ बंगलादेशको मल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 11:42:34 AM मा प्रकाशित

laxmi  sunrise bank

मुख्य सिजनमा नै रासायनिक मलको अभाव भएको भन्दै गहुँ छर्ने र आलु रोप्ने सिजनका लागि बंगलादेशबाट मल ल्याउने तयारी गरेको सरकारले अझैँ ल्याउँन सकेको छैन । नेपाली ठेकेदार कम्पनीले मल ल्याउन नसकेको भन्दै बंगलादेशबाट सापटीमा मल ल्याउने तयारी भएको ५ महिना बितिसक्दा पनि बंगलादेशबाट मल आएको छैन ।

बंगलादेशबाट सापटीमा ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन गत भदौँमा नेपालका प्रधानमन्त्री केपीशर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदबीच टेलिफोन कुराकानीमा मौखित सहमति भएको थियो । दुई देशका प्रधानमन्त्रीबीचको टेलिफोन कुराकानीका आधारमा नेपालले सापटीमा रासायनिक मल खरिदको तयारी समेत गरेको थियो । बंगलादेश सरकारले सुरुवाती चरणमा सापटीमा दिने तयारी गरेपनि पछिल्लो समय खरिद गरेर लैजानु पर्ने प्रस्ताव राखेको थियो ।

सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा दोहोर खर्च सगैँ झन्झटिलो भएको र बंगलादेश सरकारले समेत खरिद गरेर लैजान प्रस्ताव गरेपछि गत पुस २ गते सरकार–सरकारबीच (जीटुजी) रासायनिक मल खरिदको सम्झौता भएको छ । सम्झौता भएको दुईसाता भित्र मल ल्याउने भनिएपनि अझैँ मल आउँन सकेको छैन । 

सम्झौता भएको ४० दिन बढीहुँदा समेत बंगलादेश सरकारले मल खरिदको तयारी भइरहेको भन्दै अन्तिम स्वीकृति नदिएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी नेपालबाट गर्नुपर्ने सबै काम सकिएको र बंगलादेश सरकारको अन्तिम स्वीकृति पर्खेर बसेको बताउँछन् ।

‘हामीले एलसी खोलेर धेरै अगाडी नै बंगलादेशमा पठाएका थियौँ, हामीले गर्नुपर्ने सबै काम सकेका छौँ, हामी बंगलादेश सरकारको अन्तिम स्वीकृति (निर्णय) पर्खेर बसेका छौँ’ उनले भने । 

मल खरिद प्रक्रियाको बारेमा सम्पर्कमा रहेको भन्दै एक साताभित्र सबै काम सकेर ढुवानी सुरु गर्ने जानकारी आएको प्रमुख भण्डारीको भनाई छ । कम्पनीले ढुवानीमा बंगलादेश सरकारले ढिलाई गरेको भन्दै बंगलादेशका लागि नेपाली राजदुतलाई समेत जानकारी गराएको छ । बंगलादेशमा नै उत्पादन भएको रासायनिक मल ल्याउने विषयमा सहमति भएको र बंगलादेश सरकारले समेत स्वदेशी उत्पादन नै पठाउँने जानकारी दिएको भण्डारीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved