उखुको बाँकि बक्यौता रकमबारे उद्योग र गृहको तथ्यांक बाझियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 01:21:02 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनी उद्योगले उखु किसानलाई भुक्तानी गरेको तथ्यांक गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फरक÷फरक रहेको पाइएको छ । चिनी मिलसँग प्रत्यक्ष जोडिएको उद्योग मन्त्रालय र सम्बन्धीत जिल्ला प्रशासन कार्यालयबाट तथ्यांक लिएको गृह मन्त्रालयको तथ्यांक बाझिएको हो ।

गृह मन्त्रायलको मंगलबारसाँझ सम्मको तथ्यांक अनुसार ४ वटा चिनी उद्योगले साढे ५४ करोड बक्यौता रकम भुक्तानी गरेका छन् । तर गृहको तथ्यांकभन्दा ८ दिनअघि अर्थात गत माघ ५ गते उद्योग मन्त्रालयले पत्रकार सम्मेलन गरेर ५७ करोड ३० लाख भुक्तानी भइसकेको जनाएको थियो । 

उखु किसान र उद्योगीहरुको तथ्यांक नै बाझिएको बेलामा दुई सरकारी मन्त्रालयकै तथ्यांक फरक हुँदा झन समस्या थपिएको उद्योग मन्त्रालयका अधिकारीहरु बताउँछन् । 

गृह मन्त्रालयले सम्बन्धीत जिल्ला प्रशासन कार्यालयबाट उखु किसानको खातामा जम्मा भएको रकमको तथ्यांकमात्र राखिएको जनाएको छ । 

मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछाने चिनी उद्योगीले खातामा जम्मा गरेको रकम नभएर किसानको खातामा पठाइएको रकम साढे ५४ करोड भएको बताउँछन् । 'हामीले जिल्ला प्रशासनबाट तथ्यांक लिएका हौँ, उद्योग मन्त्रालयले कसरी तथ्यांक राख्छ थाहा भएन’, उनले भने । सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमा उखु किसानले गरेको उजुरीको आधारमा प्रशासनले बक्यौता रकमको तथ्यांक तयार पारेको उनी बताउँछन् ।

गत माघ ५ गते नै उद्योग मन्त्रालयले गृहले दिएको तथ्यांक फरक रहेको भन्दै पत्रकार सम्मेलन नै गरेको थियो । उद्योग मन्त्रालयका अधिकारी पनि सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीका आधारमा तथ्यांक राखिएको बताउँछन् । 

गृहको तथ्यांक अनुसार श्रीराम सुगर मिलको खातामा ४० करोड रहेकोमा ३५ करोड ७५ लाख किसानको खातामा पठाइसकेको छ । श्रीरामले सबै बक्यौता रकम भुक्तानी गरिसकेको छ । 

यसैगरी, इन्दिरा सुगर मिलको ४ करोड ७० लाख मध्येमा मंगलबारसम्म ८३ लाख भुक्तानी गरेको र उक्त मिलको खातामा डेढ करोड रकम रहेको छ । आठ ८ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले पाँच करोड ११ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ भने उक्त मिलको खातामा  तीन करोड ४० लाख रकम रहेको छ । यस्तै १७ करोड बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले १२ करोड ६३ लाख भुक्तानी गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved