प्रक्राउ पर्दा पनि अग्रवालको चिनी मिलले दिएन उखु किसानको भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 01:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

किसानलाई उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै नेपाल प्रहरीले अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालकलाई प्रक्राउ गरेको आज पाँच दिन भएको छ । जिल्ला प्रहरी कार्यालय सलार्हीको पत्रका आधारमा दुईवटा चिनी मिलका सञ्चालक रहेका राकेश अग्रबाल गत बुधबार काठमाडौँबाट प्रक्राउ गरिएको थियो । 

आफ्नै निवासबाट प्रक्राउ परेका उनलाई बिहीबार नै सर्लाही लगिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका अग्रवालले अझैँ उखुको  बक्यौता रकम भुक्तानी सुरु गर्न सकेका छैनन् । 

सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले भने, ‘हामीले हिरासतमा राखेको पाँच दिन भयो, रकम भुक्तानीको सुरु भएको छैन, बक्यौता रकम भुक्तानी नगरेको भन्दै जाहेरी दिनेको सख्या थपिदै गएको छ ।’

उनका अनुसार हाल ३३ जना किसानले अग्रवालले उखुको बक्यौता रकम भुक्तानी नगरेको जाहेरी दिएका छन् । ‘किसानले दाबी गरेको सबै रकम भुक्तानी नहुँदासम्म हामी उहाँलाई हिरासतमा नै राख्छौँ’, उनले भने, ‘जतिसक्दो चाडो भुक्तानी गर्न हामीले उहाँका मान्छेहरुलाई आग्रह गरेका छौँ । जबसम्म सबै रकम भुक्तानी हुँदैन उहाँ हिरासतमा नै हुनुहुन्छ ।’ 

गृह मन्त्रालयको तथ्यांक अनुसार सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलको १७ करोड र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको ४ करोड ७० लाख बक्यौरा रकम रहेको छ । जसमा अन्नपूर्णले १२ करोड ६३ लाख र इन्दिराले ८३ लाख बक्यौता रकम भुक्तानी गरिसकेका छन् । 

यसअघि बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवालाई वीरगन्जबाट प्रक्राउ गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved