नेपाली कृषिको आधुनिकीकरणमा 'किसान सूचिकरण कार्यक्रम' अर्को महत्वपूर्ण फड्को : प्रधानमन्त्री ओली

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 06, 2021 | 09:46:38 PM मा प्रकाशित

sarbottam cement

प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचिकरण कार्यक्रम नेपाली  कृषिको आधुनिकीकरणमा एक अर्को महत्वपूर्ण फड्को भएको बताएका छन्। नेपाली किसानहरुको व्यवस्थित डिजिटल अभिलेख राख्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबारबाट सुरु गरेको किसान सूचिकरण राष्ट्रिय कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यसले राज्यलाई  किसानको स्थिति, हैसियत एवं उनीहरुले लाभ लिनसक्ने कृषिको खास क्षेत्रको पहिचान समेत गराउने बताए। 

यस्ता तथ्यहरुलाई एकै ठाउँमा ल्याउने  र  किसानसम्म आधुनिक प्रविधि पु¥याउने काममा अभियानले सहयोग पुग्ने उनको भनाई थियो । यसबाट समग्र कृषि कार्य डिजिटाइट हुने र  किसानलाई लाभ पुग्ने पनि उनले बताए।

सूचिकरणले किसानलाई कृषि कार्यका लागि अन्नबाली, फलफुल, पशुपालन लगायतका अनेक विधागत तालिम दिइने पनि प्रधानमन्त्रीले बताए। ‘त्यसपछि उनीहरुले जे उत्पादन गर्छन् त्यो ठूलो मात्रामा उत्पादन हुन्छ  र  त्यसमा आधारित उद्योग खुल्दै जान्छन’् , उनको भनाई थियो। 

अन्तर्राष्ट्रिय बजार लक्षित ठूलो परिमाणको उत्पादनका लागि सहकारी मार्फत लगानी र कम व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारको रहेको पनि उनले बताए। अनुदान भने सकेसम्म जिन्सी र ब्यक्तिलाई भन्दा सामुहिक अनुदान दिइने पनि उनले बताए।

प्रधानमन्त्रीले कृषिमा आधुनिकीकरण यान्त्रीकरणका साथै अर्गानिक उत्पादनलाई बढी जोड दिइनेबताए। 

कृषिका पुराना दिन गए भन्दै प्रधानमन्त्रीले कृषिमा आकर्षक प्रतिफल र आम्दानी हुने अवस्था सिर्जना गर्ने  र कृषि पेशालाई मर्यादित बनाउने खालका नीतिहरु सरकारले लिने समेत बताए। युरोपियन युनियनको सहयोगमा सञ्चालन हुन लागेको किसान सूचिकरण कार्यक्रम सातै प्रदेशमा सञ्चालन हुने जानकारी कार्यक्रममा दिइयो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved