भक्तपुरको सूर्यविनायकमा ३२ करोड लागतमा तरकारी बजार सञ्चालनमा ल्याईएको छ । बजार व्यवस्थापन समितिले नेपालकै ठूलो तरकारी बजार भएको दाबी गरेको यो बजार फागुन अन्तिम हप्ताबाट सञ्चालनमा आएको हो ।
सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईका अनुसार अहिले अनौपचारिक रुपमा सुरु भएको बजार बैशाखमा कृषिमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । अहिले तरकारी बजार मात्रै सञ्चालनमा ल्याईएको र सम्पूर्ण तयारी सकिएपछि माछामासु र फलफुल बजार पनि रहने छ ।
हरेक दिन बिहान २ बजेदेखि राती ८ बजेसम्म खुल्ला रहने बजारभित्र ७५० स्टलहरु छन् ।
यो बजारभित्र पस्न र बाहिर निस्कन छुटाछुटै गेटको प्रवन्ध गरिएको छ । जाम नहोस् भन्ने उदेश्यले बजारभित्र छिर्ने र बाहिर निस्कने छुट्टाछुटटै बाटो कायम गरिएको बजार व्यवस्थापन समितिले जनाएको छ । बजारभित्र पर्याप्त पार्किङको व्यवस्था मिलाईएको छ ।
समितिले १५ वर्षका लागि जग्गा भाडामा लिएको छ ।