कालिमाटीमा पहिलो पटक किसानका लागि छुट्टै स्टल, कसलाई के फाइदा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 12:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिमाटी तरकारी बजारमा अब किसान आफैँले सिँधै आफूले उत्पादन गरेका फलफूल तथा तरकारी लगेर बेच्न सक्ने भएका छन् । यसका लागि तत्काल ११ वटा स्टललाई होल्डिङ यार्ड र अक्सन यार्डका रुपमा विकास गरिने निर्णय भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका बोर्ड सदस्य एवम् किसान प्रतिनिधि रेशमराजआचार्यले जानकारी दिए ।

उनका अनुसार यो निर्णयले तरकारी तथा फलफूल उत्पादन गर्ने किसान आफैँले कालिमाटीको तरकारी बजारमा लगेर बेच्न पाउने सुनिश्चितता गरेको छ । बजारलाई बिचौलिया मुक्त बनाउने र किसानलाई उत्पादनको मूल्य दिलाउने अभियान अन्तर्गत लामो रस्साकस्सी पश्चात यो निर्णय गराउन सफल भएको किसान प्रतिनिधि आचार्य बताउँछन् । 

किसानलाई के राहत ?

यो निर्णयसँगै अब ११ वटा स्टल किसान आफैँले प्रयोग गर्न पाउने छन् । हरेक दिन २० घण्टा किसानले यी स्टलहरु प्रयोग गर्न पाउने छन् । ३ घण्टा भने स्टल सरसफाईका लागि छुट्याउने गरिन्छ । 

देशको जुनसुकै कुनाको किसानले पनि आफ्नो उत्पादन कालिमाटी ल्याएर बेच्न चाहेमा उसले बेच्न पाउने र सक्ने छ । साना र मझौला किसानको हकमा भने संगठित भएर उत्पादन एकमुष्ठ ल्याएर बेच्न सक्ने प्रवन्ध पनि मिलाईएको छ । 

यसअघिः
कालिमाटीका बिचौलियाहरुः जो स्टल कब्जा गर्छन्, तर तरकारी बेच्दैनन् (नामसहित)

‘साना किसानहरु, जो मासमा उत्पादन गर्न सक्दैनन्, उनीहरुले ५ जना १० जना, १५ जना कतिको हुन्छ ग्रुप बनाएर आफूले उत्पादन गरेका तरकारी तथा फलफूल कलेक्सन गरेर ल्याएर बेच्न पनि सक्ने गरी यो निर्णय भएको छ’ आचार्य भन्छन्, ‘साना किसानहरुलाई संगठित हुन पनि यो निर्णयले प्रेरित गरेको छ ।’

शुल्क कति ?

किसानका लागि होल्डिङ यार्ड र अक्सन यार्डका रुपमा विकास गरिने भनिएका ११ स्टल छन् । यसको लागि समितिले निश्चित शुल्क तोकेको छ । 

२ सय टनसम्म तरकारी वा फलफूल एउटै किसानले ल्याएर बिक्रि गर्न राखेको अवस्थामा ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यदि २ सय टनभन्दा बढी भएमा प्रति किलोग्राम २५ पैसाका दरले शुल्क तिर्नुपर्ने छ । 

‘२ सय टन सम्मको ५ सय फिक्स भयो, त्योभन्दा बढी हुन्छ भने शुल्क पनि थोरै बढ्छ’ आचार्यले बुझ्ने भाषामा भने, ‘यदि कुनै किसानले ३ सय टन उत्पादन ल्यायो भने २ सय टनको ५ सय तिरे पुग्छ, बाँकी १ सय टनको भने प्रतिकिलो २५ पैसाका दरले स्टल चार्ज तिर्नुपर्छ । यो एकदमै सस्तो दर हो ।’

यो पनि:

मन्त्रीले पनि हटाउन नसकेका कालिमाटीका बिचौलिया

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved