४ वटा कृषि उत्पादनमा नेपाल आत्मनिर्भर, आज प्रधानमन्त्रीले घोषणा गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 10:00:10 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषिजन्य उत्पादनमा नेपाल आत्मनिर्भरको बाटोमा अगाडी बढेको छ । खाद्यान्न बाहेक अन्य कृषि उत्पादनमा नेपाल आत्मनिर्भर हुने क्रममा देखिएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अण्डा, मासु, धुलो दुध र बटरमा मूलुक आत्मनिर्भर बनेको छ । ‘धुलो दूध, घिऊ, मासु (भैँसीबाहेक) र अण्डाको आयात हुन छोडेको छ, यी उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ’ मन्त्रालयका सहसचिव डा. विमल निर्मलले भने । 

उत्पादन र माग कति ?

नेपालमा धुलो दूधको माग ३ हजार मेट्रिक टन छ । तर, स्वदेशमै धुलो दुध ३ हजार ४ सय मेट्रिक टन उत्पादन भईरहेको तथ्यांक छ । घिउको बजार माग १२ सय मेट्रिक टन र उत्पादन पनि सोही बराबर रहेको कृषि मन्त्रालय बताउँछ । 

फागुन मसान्तको तथ्याङ्कअनुसार ३ हजार ४५० मेट्रिक टन धुलो दूध र १८६० मेट्रिक टन बटर नेपालसँग मौज्दात छ । योमध्ये दुग्ध विकास संस्थानसँग १०५० मेट्रिक टन धुलो दूध र ५५० मेट्रिक टन बटर मौज्दात छ भने निजी क्षेत्रसँग २४०० मेट्रिक टन धुलो द्ुध र १२९० मेट्रिक टन बटर मौज्दात छ । 

४ लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुँदै आएको नेपालमा सबैभन्दा धेरै कुखुराको मासु ४६ प्रतिशत उत्पादन हुन्छ । कुखुरा, खसी, बङ्गुर र राँगाको मासु बढी खपत हुने गरेको छ । नेपालमा दैनिक १० लाख किलोग्राम कुखुराको मासु खपत हुने गरेको छ । 

कृषि मन्त्रालयका अनुसार नेपालमा १ अर्ब ४० करोड वटा अण्डा उत्पादन हुन्छ । वर्षमा एक जनाले न्युनतम ४८ वटा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर, उत्पादन दरका हिसाबमा नेपालमा ५४ वटा अण्डा वर्षमा एक जनाको भागमा पुगिरहेको छ । 

मन्त्रालयले आत्मनिर्भर भएका कृषि उत्पादनको सूची, बजार माग, उत्पादनको अवस्था सबै तयार पारेर आज बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट आत्मनिर्भरको घोषणा गराउने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved