किसान र ग्राहकलाई सिधै जोड्न हाट बजार एप सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 03:58:40 PM मा प्रकाशित

laxmi sunrise bank

किसान र ग्राहकलाई मोबाइलबाट निःशुल्क रूपमा जोड्ने मोबाइल एप हाट बजार  “Hat Bazar”  विकास भएको छ । कृषकको उत्पादनले बजार नपाएको र शहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाउँदा कृषि जन्य सामानहरू महँगो परेको अवस्थालाई दृष्टिगत गर्दै ट्राभहिल डट कम प्रा. लि.ले एप संचालनमा ल्याएको हो  ।

एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोकी त्यसको विवरणहरू जस्तै फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्छन् यसरी किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक  गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरिद गर्न सक्ने बताईएको छ। 

एप निर्माताका अनुसार 'किसानहरूले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशु पन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामाग्री र खेतीको लागी जग्गा भाडामा लिन दिन परेमा निःशुल्क यो एपमा बेच्न राख्न सकिन्छ, कृषकले बेच्न राखेका सामानहरू तुरुन्त सबै हाट बजार एप प्रयोग कर्ताहरूलाई ‘कसले के बेच्न राख्यो’ भनेर नोटिफिकेशन जान्छ र यसले कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने विश्वास लिइएको छ । जस्तै जुम्लामा भएको स्याउ कसैले यस एप मा बेच्न राखेमा उक्त सूचना देश भरी रहेका हाट बजार एप प्रयोग कर्ता मा पुग्ने भएकोले स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ । '

एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, विक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषि सम्बन्धी समाचार पढ्न, भिडियोहरू हेर्न, एफ यमहरू सुन्न र सामाजिक संजालमा पनि शेयर गर्न सकिने जस्ता फिचरहरू छन् । 

कम्पनीले भनेको छ 'हाट बजार एपको प्रयोग कर्ताहरूले आफूलाई चाहिएको सामानहरू आव्हान गर्न सक्छन्, जस्तै, भैँसी किन्न चाहियो, २० केजी टिमुर चाहियो, तरकारी बालीको लागि खेत भाडामा चाहियो, ट्याक्टर भाडामा लिन–दिन आदि । जसले गर्दा समय, यातायातको खर्चमा बचत भई व्यापार बढाउन सकिन्छ । '

एन्ड्रोइड र आई ओ एस दुवै प्लेटफर्ममा एप उपलब्ध छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved