अबदेखि मोटरबाटो नपुगेको जमिन राखेर पनि २० लाखसम्म कर्जा पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2021 | 09:14:33 AM मा प्रकाशित

laxmi  sunrise bank

मोटरबाटो नपुगेको जमिन पनि धितोमा राखेर बिस लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि भदौ ८ गते ल्याएको संसोधित तथा परिमार्जित एकीकृत निर्देशन २०७७ मा यस्तो व्यवस्था गरिएको हो। 

राष्ट्र बैंकका अनुसार अब देखि २० लाखसम्मको कर्जा लिंदा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्नेछन्। 

मोटर बाटो नभएको जग्गा राखेर २० लाख सम्मको कर्जा दिनलाई राष्ट्र बैंकले बैंकहरुलाई जोड समेत गरेको छ। बैंकका प्रत्येक शाखाले यस्तो  कर्जाको निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसके सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जानकारी दिनुपर्ने छ।

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर कर्जा लिन नपाउँदा एकातर्फ नेपालमा जग्गा प्लटिङ ब्यापक रुपमा बढिरहेको थियो भने अर्को तर्फ खेतीयोग्य जमिन पनि मासिने क्रम बढेको थियो। 

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर २० लाख रुपैयाँ सम्म कर्जा लिन पाइने व्यवस्थाले बिशेषगरि साना लगानीमा कृषि तथा अन्य व्यवसाय गरिरहेकाहरुलाई धेरै राहत मिल्ने अपेक्षा गरिएको छ। 

यद्दपी यस्तो कर्जामा हुने जोखिम र संचालन लागत लगायतका कारणले राष्ट्र बैंकले दिएको यो निर्देशन प्रभावकारी रुपमा कार्यन्वयन हुनलाई आफैंमा चुनौतीपूर्ण रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved