काभ्रेको बनेपा र भक्तपुरको देकोचामा दुइओटा आउटलेट खोल्दै सुनसरीको आर एण्ड आर एग्रो प्रा.लि ले आफ्ना उत्पादनको बजारीकरण सुरु गरेको छ । अर्गानिक र ताजा माछा उपभोक्तामाझ पुर्याउने उदेश्यले माछाको बिक्रि केन्द्र संचालनमा ल्याईएको कम्पनीले जनाएको छ ।
सुनसरीको इनरुवा, इटहरी, बलाहा, मोरंगको तकिया, झोराहट र बर्जुमा १२५ बिगाहा क्षेत्रफलमा माछा पालन गरिरहेको आर एण्ड आरले ‘द फिश किङ्ग’को आउटलेट बनेपा र भक्तपुरमा सुरुवात गरेको हो ।
माछाको बजारको प्रमुख हिस्सा ओगटेको भारतीय माछालाई नेपाली उत्पादनले प्रतिस्थापन गर्दै अर्गानिक र ताजा माछा उपभोक्तामाझ पुर्याउने प्रमुख लक्ष्य रहेको कम्पनीका सीईओ सुबोध पोखरेलले बताए । रोहु, कमन कार्प, बिग हेड, ग्रास, पन्गास (जल कपुर), टिलापिया जातको जिउँदो तथा फ्रेश माछा उपलब्ध हुने उनको भनाई छ ।
नयाँ खोलिएका आउटलेटमा माछा किन्न आउने ग्राहकले सफा र ताजा माछाका साथै अन्तरास्ट्रिय स्तरको स्वछता र गुणस्तरीयता प्राप्त गर्ने दाबी सीईओ पोखरेलको छ ।
द फिस किङ्गको आउटलेट भक्तपुरको ठीमी, काठमाडौँको बानेश्वर, बल्खु र डिल्लीबजार पिपलबोटमा गरी अन्य ४ स्थानमा पनि चाँडै सञ्चालनमा ल्यार्ईने आर एंड आर एग्रोका अध्यक्ष राम पौडेलले बताए ।
द फिश किङ्गलाई ब्रान्ड बनाउदै दशैँ अगाडी दश आउटलेट संचालनमा आउने बताईएको छ ।