टोखामा खुल्यो मेरो किसान मार्ट, एक हप्तासम्म भारी छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2021 | 06:07:09 PM मा प्रकाशित

laxmi sunrise bank

‘सस्तो पनि, स्वस्थ्य पनि’ भन्ने नाराका साथ मेरो किसान मार्ट सञ्चालनमा आएको छ। 

धापासी ८ टोखामा गायक तथा मोडल प्रकाश सपुतले एक कार्यक्रमबीच मार्टको उद्घाटन गरे । मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाइने मार्सी चामललगायत अर्गानिक तरकारीहरु पाइनेछ। 

करिब ३० लाखभन्दा बढी लागतमा सञ्चालमा आएको मार्ट उद्घाटन भएको एक हप्तासम्म प्रत्येक आइटममा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। मार्टमा प्रतिकेजी १० रुपैयाँमा अर्गानिक गोलभेडा बिक्री भइरहेको मार्ट सञ्चालक विजय महतोले बताए।

‘दुख गर्ने किसान र ग्राहककोबीच हुने विचौलियाको कमिसनको अन्त्य गर्न गर्न मार्ट सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘किसानले सिधै मेरो किसान मार्टमा ल्याएर बेच्न सक्छन् र ग्राहकले पनि सस्तो मूल्यमा स्वस्थ्य तयारकारी किन्न पाउनेछन्। बीचमा कुनै बिचौलियाको भूमिका हुँदैन।’

मेरो किसान मार्टको शाखा  न्यु बानेश्वर, शंखमूल र सानेपामा पनि रहेका छन्। त्यसैगरी बुढानिलकण्ठमा र रानीवनमा समेत शाखा खोल्ने तयारी भइरहेको बताइएको छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved