सय किसान अभियानः सुमार्गी नेतृत्वको टोली पूर्वी नेपालको भ्रमणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 02:39:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी नेतृत्वको टोली पूर्वी नेपालका जिल्लाको भ्रमणमा निस्किएको छ । केन्द्रको ‘सय किसान अभियान’ अन्तर्गत सुमार्गी नेतृत्वको टोली अवलोकन भ्रमणमा निस्किएको हो ।

टोलीले धरानको रंगेली नगरपालिकास्थित खोरिया कृषि फार्म, धरान कृषि बजार र चिस्यान केन्द्र, कृषि उद्यम संघ भोजपुर, आमचोक गाँउपालिकास्थित राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि फार्मको अवलोकन गरेको छ । 

केन्द्रका सभापति सुमार्गीका अनुसार सय किसान अभियानलाई पूर्वी नेपालका जिल्लाबाट सुरु गरेर देशैभर विस्तार गरिने बताएका छन् । उनले सय किसानलाई आवद्ध गराएर किसान र उद्यमीको प्रतिस्पर्धी क्षमता बढाउन सार्वजनिक–नीजि साझेदारीको अवधारणा अनुसार केन्द्रले गतिविधि सञ्चालन गर्ने बताए । 

व्यवसायिक तथा प्राविधिक ज्ञान, उत्पादनमा सहजीकरण, व्यवसायिक योजनाको विकास र विस्तार तथा बजारीकरणमा केन्द्रले सहजिकरण गर्ने लक्ष्य राखेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved