स्वीस सिंगापुरले पायो ५० हजार टन रासायनिक मलको ठेक्का, जीटूजीको मल अर्को सातादेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 09:28:32 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन मल आयात गर्ने ठेक्का स्वीस सिंगापुरलाई दिएको छ ।  कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक टनको कम्पनीलाई दिएको हो । 

तीनवटा  कम्पनी  बोलपत्रमा  सहभागी  भएकामा   स्विस सिङ्गापुर कम्पनी छनोट भएको  हो । मल आयातका लागि अर्थ मन्त्रालयबाट १६ अर्ब रुपियाँ सुनिश्चित भइसकेको छ । एक महिनाभित्र मल आयात गरिसक्ने भएकाले हिउँदेबालीका लाथि मल अभाव नहुने कम्पनीको दाबी गरेको छ  ।

 हिउँदमा खासगरि गहुँ, मकै, आलु, तरकारी लगाइन्छ । यस वर्ष कृषि सामग्री कम्पनीले १० अर्ब ५० करोड रुपैयाँ बराबरको एक लाख ३० हजार टन मल आयात गरिसकेको छ । कम्पनीसँग हाल ३० हजार मेट्रिक टन युरिया र १८ हजार पाँच सय टन डीएपी मल मौज्दात छ । 

मल खरिद गर्न कृषि मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । थप १६ अर्ब रुपैयाँ स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मल खरिदका लागि ३१ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने अुनमान गरिएको  छ । 

 नेपाल र भारतबीच  सरकार–सरकारबीच  (जीटूजी) भएको  सम्झौताअनुसार ३० हजार टन रासायनिक मल अर्को साता आउने भएको छ । मल खरिद गर्न तीन अर्ब २६ करोड रुपैयाँ भारत पठाइसकेको छ ।  भारतले  जीटूजीमार्फत  नेपाललाई  वार्षिक  कम्तीमा एक लाख टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो । जीटुजीमार्फत  दोस्रो  वर्षमा  एक  लाख  ७०  हजार टन, तेस्रो वर्षमा एक लाख ९५ हजार टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved