रामेछापमा जुनार उत्पादन बढ्यो, ‘किरा’ पर्ने समस्या हटेपछि किसान खुशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 09:46:15 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापमा यसवर्ष जुनार उत्पादन बढेको छ । उत्पादन बढेको र फलेको जुनारमा रोग किरा नदेखिएपछि किसान पनि खुशी भएका छन् ।

जुनार उत्पादनका लागि प्रख्यात रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगंगा लगायतका भेगमा किसानका बगैँचा जुनारले पँहेलपुर बनेका छन् । जुनार किन्न बगैँचामै पुग्ने र बगैँचामा घुम्न पुग्नेहरू पनि बढेका छन् । 

जुनारका बगैँचा घुम्न पुगेका आन्तरिक घुमन्ते तथा पर्यटहरूले रामेछाप जुनारको जिल्लाको रुपमा ख्याती कमाएको जिल्ला भन्दै प्रशंसा गरेका छन् । उनीहरुले जुनार स्वादिलो रहेको प्रतिक्रिया पनि दिएका छन् ।

विगत वर्षहरूमा रामेछापका जुनार पकेट क्षेत्रमा फलेका जुनारसहितका फलफूलमा किरा लाग्न समस्या देखिएको थियो । तर, यसवर्ष यस्तो समस्या देखिएको छैन । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापको जुनार जोनको सहयोगमा ९० प्रतिशतभन्दा बढी रोग नियन्त्रण भएको दाबी गरिएको छ । परियोजना कार्यान्वयन ईकाइ रामेछापका प्रमुख थिरलाल गैरेले नर्सरी उत्पादनदेखि उत्पादित जुनारको बजारीकरणसम्मको योजना बनाएर काम भइरहेको बताएका छन् । 

यसै वर्षदेखि रामेछापमा उत्पादित जुनारको ब्राण्डिङ, लेवलिङ र प्याकेजिङको काम सुरु हुँदैछ । 

यस वर्ष रामेछापमा करिब १५ हजार मेट्रिक टन जुनार उत्पादन हुने अपेक्षा गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved