मुक्तिनाथ कृषि कम्पनीको ‘डिलर मिट’ सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 03:17:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंकको सहयोगी कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आफ्ना व्यवसायिक साझेदारहरुको बार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ । 

मुक्तिनाथ बिकास बैंकका अध्यक्ष एवम् मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा बिस्तारमा खटिरहेका व्यवसायिक साझेदारहरुको भूमिका रहेको बताएका छन् । 

मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले व्यवसायिक साझेदार, कृषि कम्पनी र बैंकको त्रिपक्षीय साझेदारीद्वरा कृषि क्षेत्रलाई उद्यमको रुपमा विकास गर्दै ग्रामिण क्षेत्रको अर्थतन्त्र उकास्न समग्र कृषि अर्थ चक्रको व्यवस्थित विकास गर्नुपर्ने बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनशील क्षेत्र भन्दा बाहिर भइरहेको अवस्थामा अबको लगानीको क्षेत्र कृषि हुनुपर्ने दाबी गरे । 

सीईओ पोखरेलले आवश्यकता अनुसार व्यवसायिक साझेदार तथा कृषि उद्यमीहरुसँग वित्तीय क्षेत्रमा प्रत्यक्ष जोडिन तयार रहेको पनि बताए । 

कम्पनीले कृषकहरुको उत्पादन वृद्वि गर्न उत्पादित वस्तुहरु देशैभरी पुर्याई बजारको माग अनुसार उत्पादन प्रणालीको विकास गरि बजार सुनिश्चित गर्दै गुणस्तरीय उत्पादनमा केन्द्रित रहेर काम गर्दै आएको  कम्पनीका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताए । 

आफ्ना व्यवसायिक साझेदारहरुको व्यवसायिक क्षमता अभिबृद्वि, समस्याहरुको पहिचान, दुरदराजका कृषकहरु माझ सर्वसुलभ रुपमा गुणस्तरीय कृषि प्रविधि तथा सेवाहरु विस्तार गर्न भावी रणनीति समेत तयार गर्ने उद्देश्यका साथ संचालित उक्त सम्मेलनमा देशभरका व्यवसायिक साझेदारहरुको उपस्थिति रहेको थियो । 

उक्त सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट रहेका साझेदारहरुलाई सम्मान पनि गरिएको कम्पनीका कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेशन विभागका प्रमुख रोशन मल्लले जानकारी दिए । यसबाट ब्यवसायिक साझेदार  तथा कम्पनीको प्रतिनिधिको रुपमा खाटिनुभएका कर्मचारीहरुलाई थप प्रेरणा तथा हौसला मिल्ने कम्पनीका बिक्रि विभाग प्रमुख गोपाल लम्सालले बताए । 

चितवनको भरतपुर स्थित चितवन एक्स्पो सेन्टरमा माघ २७ देखि २९ गतेसम्म संचालित पाँचौ रास्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीको अवसर परेर आयोजना गरिएको सो सम्मेलनमा सहभागी व्यवसायिक साझेदारहरुलाइ प्रदर्शनीको समेत भ्रमण गराइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved