उपत्यकामा बर्डफ्लु भेटियो, ११ हजार कुखुरा र चल्ला मारियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 02:07:18 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाको भक्तपुरमा कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिकास्थित कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको छ ।

३ वटा फार्मका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रा.लि., अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु भेटिएको हो । 

कुखुरामा बर्डफ्लु भेटिएपछि ३ वटै फार्मका १० हजार ४८० वटा कुखुरा, १ हजार ५० वटा चल्ला, ४ हजार ५२३ वटा अण्डा र १ हजार ४७५ किलो दाना नष्ट गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved