सरकारले तोक्यो गहुँको मूल्य

Lochan Khatiwada

Lochan Khatiwada

Feb 24, 2023 | 04:42:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बिहिबारको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/०८० को लागि गहुँको समर्थन मूल्य तोकेको हो ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले गहुँको मूल्य प्रति क्वीन्टल ३ हजार ३५१ रुपैयाँ तोकेको हो ।

अहिले नेपालमा गहुँको अभाव भइरहेको छ । भारतबाट सिमित मात्रामा आयातको कोटा तोकिएको र नेपाली गहुँ बजारमा आउने बेला नै नभएकाले मैदा मिलहरुले गहुँको अभाव भएको बताउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved