दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2023 | 06:12:15 PM मा प्रकाशित

laxmi  sunrise bank

दूधको मूल्य बढेको छ । सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको हो । 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य बढाउने निर्णय गरेको हो । हाल दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ५ पैसा छ । अब दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५ रुपैयाँ पुगेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउन भनेको थियो । 

गत महिना कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास बोर्डले लागत अध्ययन समिति बनाएको थियो । दग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा. बालक चौधरी नेतृत्वको अध्ययन समितिले फाुगन २ गते मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । 

राष्ट्रिय दुग्ध विकास बोर्डले प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन सिफारिस गरेको भएपनि सरकारले भने ९ रुपैयाँले मात्रै मूल्य बढाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved