दूधको मूल्य अब प्रतिलिटर ६५ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 02:33:50 PM मा प्रकाशित

laxmi  sunrise bank

दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम भएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार दुग्ध विकास बोर्डले दूधको मूल्य ६५ रुपैयाँ प्रतिलिटर तोकेको हो । 

बोर्डले दूधको मूल्य प्रतिलिटर न्यूनतम ६५ रुपैयाँ कायम गरिएको जानकारी गराउँदै सोही अनुसार खरीद तथा बिक्री गर्न अनुरोध गरेको छ । 

मन्त्रिपरिषदको फागुन १९ गतेको बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको थियो । 

‘कृषकले उत्पादन गरेको कच्चा दूधको मूल्य उत्पादन स्थल (फार्म) वा संकलन केन्द्रस्तरमा प्रति युनिट फ्याट रु. ७.१५ (सात रुपैया पन्ध्र पैसा र प्रति युनिट एस. एन. एफ. रु. ४.५५ (चार रुपैया पचपन्न पैसा) को दरले कच्चा दूधको (४ युनिट फ्याट र ८ युनिट एस.एन.एफ.) प्रति लिटरको न्यूनतम मूल्य रु ६५ कायम गरिएको हुदाँ सोही अनुसार खरीद तथा बिक्री गर्न सम्बन्धित सरोकारवालाहरुलाई जानकारी एवं कार्यान्वयनका लागि अनुरोध गर्दछौ’ बोर्डले भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved