डेरी एसोसिएसनद्वारा चौंरी व्यवसायको प्रवर्द्धनबारे छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 10:45:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल डेरी एसोसिएसनले नेपालमा चौंरी व्यवसाय प्रवर्द्धन गर्ने बारे छलफल गरेको छ । चौँरी गाईको दूधबाट बनेका परिकारहरु विदेशमा निर्यात पनि भइरहेकाले यसको प्रवद्र्धन गर्नुपर्ने डेरी व्यवसायीहरुले बताएका छन् । 

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले चौँरी पालनलाई सबै मिलेर प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

“चौरी, याक पालनलाई राम्रो बनाउँदा पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । यस व्यवसायलाई सहज बनाउन याक र झोप्केलाई यातायातको साधनको रुपमा पनि विकट स्थानमा प्रयोग गरिने कुराले पनि यो पेशा साह्रै उपयोगी समेत छ” उनले भने । 

नेपालका २९ वटा जिल्लामा चौरी पालन हुन्छ । 

जसमा दोलखामा ५ हजार ५० , सिन्धुपाल्चोक ४ हजार ६५१ वटा, रसुवामा २२८ वटा, रामेछापमा ५२१ चौरी रहेको तथ्याङ्क छ । यस्तै धादिङ्ग जिल्लामा १७७ र नुवाकोटमा ९०० वटा गरि वागमती प्रदेशभर करिब ११ हजार ५२७ वटा चौरी गाईहरू रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

याकको वासस्थान साथै चरण क्षेत्र ३२ सयदेखि ३५ सय मिटरको उचाइमा हुन्छ । तसर्थ शुद्ध खानपिन, जडीबुटी खाने हुँदा हतपत रोग नलाग्ने विज्ञहरूको भनाई छ । डेरी विज्ञ लालकुमार के.सी.ले चौंरीले दिने दुध अत्यधिक पोषिलो र पूर्ण फ्याट र एसएनएफको हुने बताए ।

“यो जनावरको सबै अंग बहुउपयोगी छ । हड्डी, रौं, सिंङ, पुच्छर आदि सबै बहुमूल्य हुन्छन् । चौंरी बहुउपयोगी जनावर हो” उनले भने ।

नेपालका २५ वटा हिमाली जिल्लाको ४० प्रतिशत भुभाग खर्क र चरण क्षेत्रले ढाकेको छ । यी जिल्लाहरुमा बाह्रै महिना चौंरी पालन हुँदै आएको छ । लालकुमार केसीले भने, “यी हिमाली जिल्लाका ४० प्रतिशत खर्क र वन जंगलमा चौरी पालन मात्रै  हुन्छ । तसर्थ चौंरी पालन हाम्रो देशमा डलर वा विदेशी मुद्दा आर्जन गर्ने मध्ये एक राम्रो व्यवसाय भएकोले  पनि यसको प्रवर्द्धन र विकासमा सरकारको विशेष ध्यान जानु आबश्यक छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved