‘आरजु’ चामलको बिक्रि सुरु, भारतीय धान प्रयोग नगर्ने अध्यक्ष बस्नेतको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 02:51:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आरजु राइस मिलले ‘आरजु’ ब्राण्डको चामल बिक्री सुरु गरेको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतको लगानी रहेको आरजु राइस मिलले उत्पादन गरेको जिरा मसिनो र लङग्रेन चामलको औपचारिक बिक्री सुरु भएको हो । 

विराटनगरमा किसानसँग मिलेर बस्नेतले सयौँ बिगाहा जमिनमा ‘रामधान’ खेती सुरु गरेका थिए । सोही धानबाट उत्पादन गरिएको जिरा मसिनो र लङग्रेन चामलको बिक्रि सुरु भएको हो । 

आरजु मिलले झापा, मोरङ र सुनसरीका किसानलाई मल र बीउहरु दिएर धान खेती गराउन सुरु गरेको छ । आरजु राइस मिलले चैते धान प्रति क्वीन्टल ९ सय र असारे धानलाई १२ सय रूपैयाँमा किसानसँग खरिद गर्छ । 

अध्यक्ष बस्नेतले विगतमा किसानले फलाएका धान बिक्री नहुने समस्या रहेकोमा अहिले आरजु राईस मिलले खरिद गरेर सहज बिक्रि हुने वातावरण बनाउन प्रयास गरिरहेको बताए । अहिले ४ हजार बिगाहा जमिनमा धान उत्पादन गरेर आरजु राईस मिलमार्फत आरजु चामल उत्पादन गरिएको उनको भनाइ छ ।

अहिले लङग्रेनको मूल्य प्रतिकेजी १३० रूपैयाँ तोकिएको छ । बस्नेतले भारतको धान प्रयोग नगर्ने समेत बताएका छन् । उनले पूर्वमा थप २ वटा मिल थप्ने योजना रहेको पनि बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved