
सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुरको उष्ण प्रदेशीय बागवानी केन्द्रमा उत्पादन भएको आँप १ करोड ११ लाख ६० हजारमा ठेक्का लगाएको छ । बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले विगत वर्षको तुलनामा धेरै आँप फलेकाले १ करोड बढीमा ठेक्का लगाइएको बताए ।
३ सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा ६ हजार आँप र ६ सय २१ लिचीका बोट छन् । ३५ जातका आँप र ८ जातका लिचीका बोट छन् । बगैँचामा बम्बई, मालदह, दसहरी, अम्रपालि, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप छन् । पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँप पनि यहाँ छन् ।
यो बागवानी केन्द्रमा थाइल्याण्डमा पाइने डकमाइ र अमेरिकामा पाइने हेडेन र केन्ट जातका आँप पनि छन् ।
यस वर्षका लागि लिची १२ लाख १८ हजारमा ठेक्का लगाइएको छ ।