
कालीमाटी फलफूल तथा तरकारी बजारमा अघिल्लो दिनको तुलनामा सोमबार तरकारीको मूल्य केहि घटेको छ ।
बजार विकास समितिका अनुसार यो दिन ठूलो गोलभेंडा, लौका, तिते करेला, काउली, भन्टा लगायत तरकारीको भाउ घटेको छ ।ठूलो गोलभेंडा ३०, काउली १०, लौका ३८, तिते करेला १४, भिण्डी १२ प्रतिशतले मूल्य घटेको छ ।अघिल्लो दिनको तुलनामा बोडी, मुला, सानो गोलभेँडा, परवरको भाउ भने बढेको छ ।
समितिका अनुसार यस दिन ठूलो गोलभेंडा अधिकतम प्रतिकिलो ७०, गाजर १००, स्थानीय काउली ९०, लाम्चो/डल्लो भन्टा ८०, तने बोडी १३० रुपैयाँमा कारोबार भइरहेको छ ।
घिउ सिमी १५०, टाटे सिमी १३०, भटमासकोशा १६०, तिते करेला ७०, परवर ८०, घिरौंला १००, स्कुस ९०, ब्रोकाउली १२०, लौका ५०, भिण्डी ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।त्यसैगरी, यो दिन न्यूरो १००, कन्य च्याउ प्रतिकिलो २००, डल्ले च्याउ ४०० र कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो अधिकतम ७२, प्याज ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।
यस्तो छ तरकारीको मूल्य सूची :