कृषिक्षेत्रको प्रवर्द्धनका लागि एग्री डिजी टेक च्यालेन्ज घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2024 | 05:38:17 PM मा प्रकाशित

स्विस विकास तथा सहकार्य एजेन्सीको सहयोगमा बीड म्यानेजमेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा  एग्री डिजी टेक च्यालेन्ज परियोजनाको घोषणा गरिएको छ । 

नेपालको कृषि क्षेत्रमा डिजिटल नवप्रवर्तनको समुन्नतिका निम्ति केन्द्रित यो परियोजना एक वर्ष सञ्चालन हुनेछ । यस परियोजनाले कृषि उत्पादन, दक्षता तथा दिगोपनको प्रवर्द्धनका लागि डिजिटल प्रविधिमार्फत कृषि प्राविधिक नवव्यवसाय साना तथा मझौला र ठूला व्यवसायलाई पहिचान एवं सहयोग गर्ने परियोजनाको ध्येय छ । 

यो परियोजना कृषि क्षेत्रमा सञ्चालित व्यवसायको बीमा, अनलाइन बजार, वित्तीय सेवा, भण्डारण, यातायात व्यवस्थापन प्रणाली, मोबाइल एप्लिकेसनलगायतका विभिन्न डिजिटल नवप्रवर्तनमा केन्द्रित रहनेछ । 

बीड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले भने, ‘यस च्यालेन्जको विजेतालाई स्विस विकास तथा सहकार्यबाट लगानी प्रदान गरिनेछ ।’  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved