भारतको दबाबमा नेपालको दुग्ध उद्योगलाई नसिध्याउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2024 | 08:49:10 AM मा प्रकाशित

laxmi sunrise bank

डेरी उद्योगहरुले दुग्धपदार्थको आयात नखुलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाल दुग्धपदार्थमा आत्मनिर्भर भईसकेकाले दबाबमा परेर भारतबाट दुग्ध पदार्थको आयत नखुलाउन डेरी संघले आग्रह गरेका हुन।  

स्वदेसकै किसानहरुको उत्पादनले बजार पाउन नसकेर दैनिक लाखौ लिटर दूध फाल्नै पर्ने वाध्यता भएको अवस्थामा भारतबात आयात गर्दा  नेपालका किसान पलायन हुनुपर्ने संघले चेतावनी दिएको छ। अहिलेपनि दुग्ध पदार्थ नबिकेर अरबौं रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ भण्डार गरेर राख्नुपरेको डेरी संघका अध्यक्ष राजकुमार दाहालको भनाई छ। 

दुग्ध व्यवसायमा आश्रित लाखौ किसानलाई टिकाई राख्न नेपाल सरकारले विदेशबाट दुग्धजन्य पदार्थहरुको आयात स्थगन गरी किसानले उत्पादन गरेको दूधको वजार सुनिश्चित गरिएको थियो । नेपालमा धान पछि दोश्रो प्रमुख कृषि उत्पादनको रुपमा रहेको दुग्ध व्यवसायको माध्यमबाट ग्रामिण क्षेत्रका ६ लाख कृषक परिवार लावान्वित हुँदै आएका छन्। त्यस्तै  ओसारपसार, प्रशोधन र विक्रि वितरणमा ५०,००० भन्दा बढिको प्रत्यक्ष रोजगारी श्रृर्जना भएको छ। 

"यो बजारमा दुग्धजन्य पदाथहरुको आन्तरिक खपत पूर्ति गर्न स्वदेशी उद्योगहरुले थप लगानी समेत गर्दै उपभोक्ताको चाहाना अनुसार कै गुणस्तरीय दुग्धजन्य पदार्थहरु विक्रि वितरण भइरहेको अवस्थामा मित्रराष्ट्र भारतबाट आयात स्थगन हटाउन दवाव आएको भन्ने खवरले दुग्ध व्यवसायमा संलग्न किसान, उद्यमी र सरोकारवालाहरु चिन्तित भएका छौ " अध्यक्ष राजकुमार दाहालको भनाई छ। 

एकातर्फ कोभिड महामारी, लम्पी स्कीन, ठूलो युवा शक्ति विदेश तर्फ पलायन हुनु आदि कारणले दुग्धपदार्थको खपतमा आएको मन्दीेले स्वदेशी उत्पादन विक्रि हुन नसकि किसानको नियमित भुक्तानी कष्टकर बन्दै गएको छ भने अर्को तर्फ मिल्क होलिडे हुन नदिई कच्चा दूध खरिद गर्न ठूलो परिमाणमा मौज्दात नेपाली दुग्धजन्य पदार्थ निर्यात गर्न वाह्य बजार खोज्नै पर्ने वाध्यता रहेको छ। 

अवस्थामा भारतबाट दुग्धजन्य पदार्थको आयात प्रतिवन्ध हट्न गएमा आत्मनिर्भर तर्फ उन्मुख दुग्ध क्षेत्रमा थप विकराल समस्या आई लाखौ किसान पलायन हुन सक्ने तर्फ संघले सरकारको ध्यानाकर्षण गराएको छ। नेपाल सरकारले यसका लागि मित्रराष्ट भारत संग कुटनैतिक पहल गरी दुग्धजन्य पदार्थहरुको आयात स्थगनलाई कायमै राख्नलाई सुझाब दिएको छ। 

नेपाल सरकारले दुग्ध पदार्थको आयात रोक्ने निर्णय गरेपछि भारतले असन्तुष्टि जनाउदै नेपालबाट निर्यात हुने केहि बस्तुलाई उनीहरुलाई चाहिने ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइएस) प्रमाणपत्र उपलब्ध नगराउदा  नेपालमा निर्यात हुने सिमेन्ट, जुत्ताको निर्यात ठप्प भएको छ। 



Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved