राँगाभैंसीको प्रशोधित मासु निर्यातको बाटो खुल्यो, देशमै संख्या घट्दो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2024 | 10:48:54 AM मा प्रकाशित

nepal oil ltd

नेपाल र चीनबीच राँगाभैंसीको प्रशोधित मासु चीन निर्यातको बात खुलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशविच थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएसंगै मासु निर्यातको बाटो खुलेको हो।  

कृषि मन्त्रालयकाअनुसार प्रोसेस्ड बफेलो मिट भनेको तातो पानिमा निश्चित तापक्रममा त्तताएर खोरेत लगायत रोगको भाइरसलाई निस्क्रिय गराइएको मासु हो। चीनले तोकेको मापदण्डभित्र रहेर नेपाली व्यवसायीले चीनमा मासु निर्यात गर्न पाउनेछन। 

गत असार २० गते बसेको मन्त्रीपरिषदको बैठकले चीनमा कुक्ड बफेलो मिट निर्यात गर्ने सम्बन्धित सम्झौतापत्र स्वीकृत गरेको थियो। त्यस लगत्तै  चीनमा मिट निर्यात गर्ने सम्बन्धमा नेपाल सहमत रहेको बारेमा चीनलाई जानकारी गराएर सम्झौतापत्र स्वीकृत गरिएको थियो। 

राष्ट्रिय तथ्यांक कार्यालयको कृषि गणनाअनुसार २०५८ सालमा ३४ लाख ७७ हजार रहेको राँगाभैसीको संख्या २०७८ सालमा आइपुग्दा घटेर २९ लाख २३ हजार कायम भएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved