
आज काठमाडौंको भृकुटीमण्डपमा सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोको उद्घाटन भएको छ । एक्स्पोमा नेपालभित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीको प्रदर्शनी स्टल रहेको छ । कृषि क्षेत्रको विकासको लागि एक्स्पोको आयोजना गरिएको हो ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने स साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ । सबैको लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन वृद्धि भइ मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग अलग समूह स्टल रहेका छन् । मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर जानकारी लिन सक्ने गरि व्यवस्था पनि मिलाइएको छ ।