स्वरोजगार लघुवित्तले ११ हजार कित्ता शेयर लिलाम गर्दै, कहाँ दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 06, 2018 | 08:06:24 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त विकास बैंकले कात्तिक २७ देखि हकप्रदमा अवितरित सेयर लिलाम गर्ने भएको छ। कम्पनीले शतप्रतिशतका दरल हकप्रद बिक्रि खुला गर्दा अवितरित ११ हजार १२९ दशमलब ०१ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। 

लघुवित्तले लिलाममा राखेको सेयरमा कात्तिक २७ देखि मङ्सिर ४ सम्म आबेदन दिन सक्नेछन। बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले बैंकले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। 

इच्छुक बोलकबोल दाताले कात्तिक २७ देखि लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल मार्केट्स, नागपोखरी, काठमाडौं र एनएमबि बैंकका तोकिएका काठमाडौं, पोखरा, सुर्खेत, बिरगंज, बिराटनगर, नेपालगंज, बुटवल र धनगढीका शाखा कार्यालयमा मङ्सिर ४  सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ। 

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम एनएमबि क्यापिटलको नाममा रहेको एनएमबि बैंकमा रहेको NMBCL-Right SLBBL 2074/75 नामको खाता नम्बर ००१००६०००५४०१००००२१४ मा वा कामना सेवा विकास बैंकमा रहेको NMBCL-Right SLBBL 2074/75 नामको खाता नम्बर ०४१००३००२०६९३००००००१ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।   शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी २४ करोड ४८ लाख पुग्नेछ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved