नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गतेदेखि हकप्रद निष्काशन बिक्रि खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुंजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।
कम्पनीले माघ २७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले माघ २४ सम्म कायम सेयरधनीहरुले यहि चैत २५ गतेसम्म हकप्रद भर्न सक्नेछन। माघ २४ गतेसम्म कायम सेयरधनिहरुले इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौं तथा तोकिएका शाखा कार्यालय, ग्लोबल आईएमई क्यापिटल तथा सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सक्नेछन। मेरोशेयर मार्फत अनलाइन बाट सिधै पनि हकप्रदको लागि आवेदन दिन सक्ने छन्। लगानीकर्ताले यहि चैत २५ गतेसम्म हकप्रद भर्न सक्ने छन।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले माघ १३ गते हकप्रद निष्काशनलाई अनुमति दिएको हो। कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ।इक्रा नेपालबाट कम्पनीले ग्रेड ४ पाएको छ। जसले कम्पनीको अवस्था औषत भन्दा तल छ भन्ने देखाउंछ। हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी १ अर्ब नाघ्नेछ।
